काठमाडौं । भारतीय क्रिकेट टिमका अलराउण्डर हार्दिक पान्डयाले भारतलाई टी-ट्वान्टी विश्वकपको उपाधि जिताउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
हार्दिकले हालै गुजरात टाइटन्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दिलाएका थिए ।
अब हार्दिकको लक्ष्य भारतलाई विश्वकप दिलाउनु रहेको छ । जसका लागि उनले सबैथोक गर्न तयार रहेको बताए ।
'जस्तो सुकै होस्, भारतका लागि विश्वकप जिताउन निश्चित छ । जसका लागि मसँग भएको सबै कुरा दिनेछु,' हार्दिकले भनेका छन्, 'म त्यस्तो प्रकारको मान्छे हो, टोलीलाई पहिलो स्थान दिन चाहन्छु ।'
हार्दिकले आफ्नो कप्तानीमा गुजरातलाई डेब्यु सिजनमै च्याम्पियन बनाएका हुन् । यस अघि उनले मुम्बई इन्डियन्सबाट ४ उपाधि जितेका थिए ।
हार्दिकले आईपीएल जित्नु आफ्नो लागि विशेष भएको बताए ।
'यसअघि मैले जितेका चारवटा पनि उत्तिकै विशेष छन्। आईपीएल जित्नु सधैं विशेष हुन्छ। म आफूलाई धेरै भाग्यशाली ठान्छु कि मैले पाँच फाइनल खेलेको छु र पाँच पटक ट्रफी उचालेको छु,' हार्दिकले भने ।