काठमाडौं । सरकारले नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान त्रिवि क्रिकेट मैदानमा रातको समयमा समेत खेल सञ्चालन गर्न सकिने व्यवस्था मिलाउने घोषणा गरेको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् ।
'त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति पनि खेल सञ्चालन गर्न सकिने व्यवस्था मिलाइनेछ', मन्त्री शर्माले बजेट पेश गर्दै भने ।
नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गर्दै त्रिवि मैदानमा फ्लड लाइट जडान गर्ने योजनाको प्रस्ताव राखेका थिए ।
यस्तै सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला तथा खेलग्राम स्थापना गर्ने निर्णय गरेको छ ।
त्यस्तै चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको अधुरो कार्य पूरा गरिने सरकारले जनाएको छ ।