मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एउटै कलेजमा ७ अन्तर्राष्ट्रिय क्रिकेटर

आइतबार, १५ जेठ २०७९खेलपाटी संवाददाता
एउटै कलेजमा ७ अन्तर्राष्ट्रिय क्रिकेटर
mustang rice ad

धनगढी । नेपाली क्रिकेटमा लोकेश बम परिचित नाम हो । युवा खेलाडी लोकेशले आक्रामक ब्याट्सम्यानको परिचय बनाएका छन । ओमानमा गत फेब्रुअरीमा भएको पाँच देशीय टी–२० क्रिकेट शृंखलाका क्रममा यूएईविरुद्धको खेलमा उनले ड्रिम डेब्यू गरेका थिए । 

त्यसयता उनले राष्ट्रिय क्रिकेट टोलीबाट ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसके । डेब्यू खेलमै उनले ओमानविरुद्ध २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन जोडेका थिए । उक्त शृंखलाअघि काठमाडौंमा भएको प्रधानमन्त्री कप(पीएम) राष्ट्रिय टी–२० कपमा आक्रामक ब्याटिङ गरेपछि उनलाई प्रशिक्षक पुबुदु दासानायकेले सोझै राष्ट्रिय टोलीमा बोलाएका थिए । 

पीएम कपमा एपीएफ क्लबलाई च्याम्पियन बनाउने क्रममा उनले सेमिफाइनलमा विभागीय बलियो क्लब त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक प्रहार गर्दै सनसनी मच्चाएका थिए । जुन घरेलु राष्ट्रिय टी–२० इतिहासकै सर्वाधिक छिटो अर्धशतक समेत थियो । उक्त खेलमा समग्रमा लोकेशले १८ बलमा २ चौका र ९ छक्कासहित ६६ रनको नटआउट इनिङ खेलेका थिए । 

पीएम कपमा लोकेशको सनसनी बागमती प्रदेशविरुद्ध पनि देखियो । बागमती प्रदेशविरुद्ध लोकेशले २१ बलमै अर्धशतक प्रहार गरेका थिए । फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोड्दै प्रभावशाली प्रदर्शन गरेपछि प्रशिक्षक दासानायकेले लोकेशलाई सोझै राष्ट्रिय टोलीमा बोलाएका थिए ।

यीनै प्रतिभाशाली लोकेश क्रिकेटको शहर धनगढीमा अवस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)मा प्लस टूमा अध्ययनरत छन । उनको प्रतिभा चिन्दै एसपीएले उनलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाएको छ ।

एसपीएका प्रबन्ध निर्देशक तथा धनगढी क्रिकेट एकेडेमी(डीसीए)का अध्यक्ष सुवाश शाहीले उनलाई उक्त खेलसँगसँगै क्रिकेट करिअर अघि बढाउने अवसर प्रदान गरेका हुन् । 

‘सर(सुवाश शाही) र डीसीए नभएको भए सायद म यहाँ हुन्थेन । म सामान्य खेलाडी हुँदा नै कलेज र एकेडेमीमा छात्रवृत्तिको अध्ययन गर्दै उहाँहरुले मलाई अघि बढ्न प्रेरित गरिरहनुभयो,’ लोकेश भन्छन्, ‘मलाई क्रिकेट अगाडि बढाउन कलेजले जहिलेपनि सहज पारिदिन्थ्यो । एसपीएको विधार्थी भन्न पाउँदा आफूलाई गौरव महसुस गर्छु ।’

एसपीएमै स्नातकमा अध्ययनरत नारायण जोशीले नेपालको जर्सीमा उमेर समूहको यू–१६ प्रतियोगिता खेलिसकेका छन् । सन् २०१७ मा थाईल्यान्डमा भएको एसीसी यू–१६ इस्र्टन रिजन प्रतियोगितामा नारायणको सानदार प्रदर्शनको मद्दतमा नेपालले उपाधि उचालेको थियो ।  अलराउण्डर नारायणले डेब्यू खेलमै थाईल्यान्डविरुद्ध ७ ओभरमा १७ रन खर्चेर ५ विकेट लिएका थिए ।

म्यानमारविरुद्धको अर्को खेलमा नारायणले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर ४ विकेट लिएका थिए । नेपालले फाइनलमा मलेसियालाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेलमा नारायण २३ बलमा ५ चौका र १ छक्का सहित ४६ रनमा नटआउट रहे । 

सन् २०१९ मा नोभेम्बरमा भारतमा भएको यू–१९ च्यालेन्जर ट्रफीका लागि उनलाई बन्द प्रशिक्षणमा समेत बोलाइएको थियो । तर बन्द प्रशिक्षणको क्रममा ढाडका समस्याका कारण उनले टोलीमा स्थान बनाउँन सकेनन । तर उनी पछिल्लो समय सुदूरपश्चिम प्रदेशबाट नियमित घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

एसपीएमै स्नातक अध्ययनरत अर्का उमेर समूहका अन्तर्राष्ट्रिय खेलाडी हुन्, बसन्त कार्की । २०२१ मा यूएईको सारजहामा भएको एसीसी यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध खेल्दै डेब्यू गरेका थिए । त्यसयता भने उनी सुदूरपश्चिम प्रदेशबाट निरन्तर खेल्दै आएका छन् । एसपीएसँगै डीसीएमा पनि उनी छात्रवृत्ति पाएर आफ्नो खेल यात्रा अघि बढाईरहेका छन् । 

कविता कुँवर सिनियर राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य अलराउण्डर हुन् । एसपीएमा प्लस टूमा अध्ययनरत् कविताले शुक्रबारसम्म २२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकिन् । दायाँ हाते मध्यम गतिकी बलर कविताले २२ खेलमा २१ अन्तर्राष्ट्रिय विकेट समेत लिएकी छिन् ।

एसपीएले सधै परेको बेला सहयोग गरेकाले आफ्नो रोजाईमा यही कलेज परेको उनी बताउँछिन् । 

‘एसपीएले हामी खेलाडीलाई हरेक क्षेत्रमा राम्रो गरेको छ । हामीलाई अध्ययनसँगै खेल अघि बढाउन चाहिने सम्पूर्ण सानो तिनो कुरामा सहयोग गरेको छ,’ कविता भन्छिन्, ‘हामीलाई अवसर, खेल सामाग्री, अप्ठारो परेका बेला आर्थिक सहयोग गरेको छ । यस्तै छात्रवृत्ति समेत उपलब्ध गराएर हामीलाई अध्ययनअघि बढाउन सहयोग पुर्याएको छ ।’

एसपीएमा स्नातक अध्ययनरत लक्ष्मी साउँद (बलर) सिनियर राष्ट्रिय टोलीको क्याम्पसम्म स्थान बनाउँन सफल भएकी छिन् । तीनवर्षअघि काठमाडौंमा आयोजना भएको वमेन्स क्रिकेट लिग (डब्लुसीएल) मा क्याट क्वीन्स काठमाडौं टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनी यू–१९ राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै उमेर समूहको राष्ट्रिय टोलीमा परेकी थिइन ।

सन् २०१९ मा चीनको सांघाईमा आयोजना हुने बी एण्ड आर यू–१९ महिला टी–ट्वान्टी प्रतियोगितामा नेपालको जर्सी लगाउँदै लक्ष्मी मैदान उत्रिएकी थिइन । लगत्तै उनी राष्ट्रिय टोलीको सिनियर क्याम्पमा परेपनि अन्तिम टोलीमा भने स्थान बनाउँन सकिनन् । 

‘कलेजले जे कुरामा जहिले सहयोग गरेको छ,’ एसपीए रोज्नुको कारण बताउँदै उनले भनिन्, ‘सुवास सर(शाही) तथा खेल शिक्षकले सदैव मोटिभेसन दिनुहुन्छ। प्लेयरहरुले छात्रवृत्ति अध्ययन गरिरहेकाले पनि धेरै सघाउ पुगेको छ ।’

लक्ष्मीसँगै नेपाली यू–१९ टोलीकी बलर अलराउण्डर इश्वरी विष्ट र ब्याटर यशोदा विष्ट पनि एसपीएमै अध्ययनरत् छन् । त्यसबाहेक सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय यू–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्न सफल भएका छन् । 

एसपीए कलेज धनगढीमा अध्ययनरत अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी 

सिनियर पुरुष : लोकेश बम 

यू–१९ पुरुष : नारायण जोशी, बसन्त कार्की 

सिनियर महिला : कविता कुँवर 

यू–१९ महिला : लक्ष्मी साउद, ईश्वरी विष्ट,  यशोदा विष्ट

यू–१९ क्याम्प : सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय 

LiNing Ad
#कलेज #क्रिकेटर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

Bajaj Pulsar Motorcycle Ad
बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने