काठमाडौं । आगामीअक्टोबरबाट शुरु हुने क्रिकेटको सिजनका लागि नेप्लिज क्रिकेट एसोशियसन(एन्का)ले आफ्नो बालबालिकाको टिम `एन्का जेम्स´ का लागि खेलाडी छनौट गरेको छ ।
एडिलेडस्थित गिलेस्पी स्पोर्टस सेन्टको हलमा आयोजित छनौटबाट एन्काले १० वर्ष र १२ वर्ष मुनिको उमेर समूहका बालबालिका छनौट गरेको हो ।
एन्काका अध्यक्ष विजय जोशीले छनौट भएका बालबालिकाहरुलाई एन्काले प्रशिक्षण दिने र साउथ अष्ट्रेलियमा रहेका अन्य क्लवहरु संग हुने खेलहरुमा सहभागी गराउने बताए ।
एन्काले छनौटमा सहभागीका अभिभावकहरुलाई पनि खेलको बारेमा र उनीहरुको भुमीका बारेमा अन्तरक्रिया गरेको थियो ।
जोशीले नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया आएर क्रिकेट खेल्न टिममा समावेश भएको युवाहरुले समेत यहाका क्लवहरुमा स्थान लिन थालेको सन्दर्भमा यहा हुर्किदै गरेको पुस्तालाई उचित प्रशिक्षण दिन सके अष्ट्रेलियाकै टिममा ठाउ पाउने सक्ने भएकाले बालबालिकाहरुको सफलतामा अभिभावकको भुमिका महत्वपुर्ण भएको बताए ।