काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाईज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ ।
क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरिएको जनाएको छ ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।
क्यानले आफ्नो आधिकारिक टी-ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको छ ।
क्यानको मंगलबार बसेको बोर्ड बैठकले उक्त ६ वटा नामलाई अनुमोदन गरेको थियो । जसका लागि क्यानले टिम मालिकका लागि टेन्डर आह्वान गरेको हो ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराईसकेको छ ।
