काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेल आज शुक्रबार हुँदैछ।
अहमदाबादमा हुने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
आज दुबै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ । पहिलो क्वालिफायरमा हारेपनि प्रतियोगिताको नियम अनुसार राजस्थानले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाएको हो ।
बैंगलोर भने एलिमिनेटरमा जित निकाल्दै क्वालिफायरमा प्रवेश गरेको हो । बैंगलोरले एलिमिनेटरमा लखनउलाई हराएको थियो ।
लिग चरणको भेटमा दुबै टोलीले एक एक जित निकालेका थिए ।
पहिलो भेटमा बैंगलोर ८ विकेटले विजयी भएको थियो ।
दोस्रो भेटमा भने राजस्थानले २९ रनको जित निकालेको थियो ।