काठमाडौं । पाकिस्तानका पूर्व बलर उमर गुल अफगानिस्तानका बलिङ प्रशिक्षक नियुक्त भएका छन् ।
अफगानिस्तान क्रिकेट बोर्डले गुललाई राष्ट्रिय टिमको बलिङ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
अफगानिस्तानले यस वर्षको अन्तिमसम्मका लागि गुललाई नियुक्त गरिएको जनाएको छ ।
गुलले जिम्बावेविरुद्धको सिरिजसँगै जिम्मेवारी सम्हाल्ने छन् ।
३९ वर्षीय गुलले २०२० को अक्टोबरमा सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।
पाकिस्तानका लागि उनले ४७ टेस्ट, १३० एकदिवसीय र ६० टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए ।