काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
कोलकत्तामा बुधबार राति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोरले क्वालिफायरमा स्थान बनाएको हो
बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै दिपक होडाले ४५ रन जोड्दा मनन भोराले १९ रन जोडे ।
बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए । मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो ।
बैंगलोरका लागि रजत पटीदरले अविजित रहदै १ सय १२ रनको शतकीय इनिङ खेले ।
दिनेश कार्तिकले अविजित ३७ रन जोड्दा विराट कोहलीले २५ रन बनाए ।
लखनउका कुर्नाल पान्डय, मोसिन खान,अभेस खान र रबि बिश्नोईले १/१ विकेट लिए ।

अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । लखनउ भने बाहिरिएको छ ।
राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । तर, प्रतियोगिताको नियम अनुसार राजस्थानले एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाएको हो । गुजरात फाइनल पुगिसकेको छ ।