काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेसहित ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादक कम्पनि 'ज्याप क्रिकेट' ले प्रायोजन गरेको छ ।
भारतीय कम्पनि ज्यापले कप्तान सन्दीपसँगै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी, सुनिल धमला, भिम सार्की, देव खनाल र आदील अन्सारीलाई प्रायोजन गरेको हो । ज्यापले ६ जना खेलाडीलाई एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो।
ज्यापका संस्थापक सीईओ भब्य भारध्वज र क्रिकेटरहरुले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै खेलाडीहरुले खेल्ने सबै खाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन्। यस्तै ज्यापले अनुबन्धित क्रिकेटरहरुलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ ।
यस अघि ज्यापले राष्ट्रिय महिला क्रिकेटर सबनम राईलाई प्रायोजन गरेको थियो।
सम्झौतापछि ज्याप क्रिकेटका सीईओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरुलाई समेत प्रायोजन गर्ने प्रतिबद्दता व्यक्त गरे ।
कप्तान सन्दीपले ज्याप क्रिकेटको सामग्रीहरु स्तरीय रहेको बताउदै युवा क्रिकेटरहरुलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गरे।
ज्याप नेपालका प्रतिनिधि तथा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामाले ज्यापको सामग्री स्तरीय रहेको उल्लेख गर्दै क्रिकेटरलाई सामाग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताए ।