काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिसद (आईसीसी) ले पाँच राष्ट्रलाई महिलाको एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिएको छ ।
आईसीसीले बुधबार पाँच राष्ट्रलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिईएको जनाएको छ ।
एकदिवसीय अन्तराष्ट्रिय पाउने नयाँ राष्ट्रमा थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका र पपुवा न्युगिनी रहेका छन्।
आईसीसीले आईसीसी महिला च्याम्पियनसिपको ढाँचा र सिरिजको तालिका समेत सार्वजनिक गरेको छ ।
च्याम्पियनसिपको पहिलो सिरिजमा पाकिस्तानले घरेलु मैदानमा श्रीलंकाको सामना गर्नेछ । सिरिज जुन १ मा सुरु हुनेछ ।
आईसीसीले च्याम्पियनसिप खेल्ने टिम संख्या समेत थपेको छ । यस अघि आठ टोलीले खेल्दै आएको च्याम्पियनसिपमा अब १० टोलीले खेल्नेछन्।
च्याम्पियनसिप २०२५ मा हुने आईसीसी महिला विश्वकप क्रिकेटको बाटो हो । शीर्ष पाँच टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।