काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल आयोजना हुने फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने भएको छ ।
क्यानको बोर्ड बैठकले नेपालमा आयोजना हुँदै आएको फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको हो ।
तर क्यानले क्षेत्रीय लिगको संरचना संचालन गर्ने अवस्थामा मान्यता दिईने जनाएको छ ।
क्यानले आधिकारिक फ्रेन्चाइज नेपाल टी-ट्वान्टी लिग गर्ने भएको कारण अन्य लिगलाई मान्यता नदिने भएको हो ।
क्यानको बोर्ड बैठकले हालसम्म संचालनमा रहेका अन्य फ्रेन्चाइज लिगले नेपाली क्रिकेट पुर्राएको योगदानलाई धन्यवाद समेत दिएको छ ।
नेपालमा एभरेष्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डिपीएल) संचालन हुँदै आएको छ ।