काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको एलिमिनेटर खेल आज बुधबार हुँदैछ।
एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । कोलकत्तामा हुने एलिमिनेटर खेल राति ७:४५ बजे सुरु हुनेछ।
आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछन् । पराजित हुने टोली बाहिरिनेछ ।
यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। तर, प्रतियोगिताको नियम अनुसार हारेपनि फाइनल प्रवेशका लागि राजस्थानले एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाएको हो । गुजरात भने फाइनल पुगिसकेको छ ।
लखनउ डेब्यु सिजन नै प्लेअफ पुगेको हो । लखनउले १८ अंक जोडेर तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न लागेको हो ।
बैंगलोर भन्दा चौंथो स्थानमा रहदै प्लेअफ खेल्न लागेको हो । बैंगलोरले लिग चरणमा१६ अंक जोडेको थियो ।
लिग चरणको भेटमा बैंगलोरले लखनउलाई हराएको थियो । मुम्बईमा भएको खेलमा बैंगलोर १८ रनले विजयी भएको थियो ।