काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्चाईज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल)को विज्ञप्तिप्रति खेद ब्यक्त गरको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै धम्कीपूर्ण शैलीमा सार्वजनीक रुपमा प्रेषित विज्ञप्तिप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लद्धार हस्ताक्षरित विज्ञप्तिमा गैर जिम्मेवार, कपोकल्पित र भ्रामक प्रचारबाजीमा खेद ब्यक्त गर्दै भ्रामक समाचारप्रति सचेत रहन सबैलाई अनुरोध गरिएको छ ।
क्यानले आधिकारिक फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग घोषणा गर्दै अन्य ठुला फ्रेन्चाईज प्रतियोगितालाई रोक लगाउने तयारी गरेको छ ।
सोही अनुसार ईपीएलको फ्रेन्चाईज टिम र आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको निरन्तरताको माग गरेका थिए । उनीहरुले माग सुनुवाई नभए क्यानका हरेक कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका थिए ।
सोही चेतावनीको विरुद्धमा क्यानले मंगलबार प्रेस विज्ञप्ति जारी गरेको हो । क्यानले विज्ञप्तिले इपीएलको भविष्य अझ संकटमा धकेलिदिएको छ ।

