काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेल आज मंगलबार हुँदैछ।
पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कोलकत्तामा हुने क्वालिफायर खेल राति ७:४५ बजे सुरु हुनेछ।
आज दुबै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेता फाइनल पुग्नेछन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छन् ।
नवप्रवेशी गुजरात पहिलो सिजनमै प्लेअफ पुगेको हो । गुजरातले २० अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो ।
राजस्थान भने दोस्रो स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो । राजस्थानले लिग चरणमा १८ अंक जोडेको थियो ।
लिग चरणको भेटमा गुजरातले राजस्थानलाई हराएको थियो । मुम्बईमा भएको खेलमा गुजरात ३७ रनले विजयी भएको थियो ।