काठमाडौं । पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले सोमबार बाबर आजमको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
पाकिस्तानले घोषणा गरेको टोलीमा शादब खानले पुनरागमन गरेका छन् ।
उनी उपकप्तान रहेका छन् ।
पाकिस्तानले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।
दुई टोलीबीचको सिरिज जुन ८ मा सुरु हुनेछ ।
