काठमाडौं । कृतिका मरासिनी यू-१९ महिला क्रिकेट टिमको कप्तान नियुक्त भएकी छिन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरिएको जनाएको छ ।
आईसीसी यू-१९ महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो ।
मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।
छनोट आगामी जुन ४ बाट सुरु हुनेछ ।
नेपालले छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।