काठमाडौं । भारतले दक्षिण अफ्रीकाविरुद्ध घरेलु मैदानमा हुने टी-ट्वान्टी सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
बीसीसीआईले केएल राहुलको कप्तानीमा दक्षिण अफ्रीकाविरुद्ध खेल्ने टोलीको घोषणा गरेको हो ।
भारतले घरेलु मैदानमा पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी-ट्वान्टी जुन ९ मा दिल्लीमा हुनेछ ।

यस्तै भारतले इंग्ल्यान्डविरुद्धको पाँचौं टेस्टका लागि टिमको घोषणा गरेको छ ।
बीसीसीआईले रोहित शर्माको कप्तानीमा टेस्ट टिमको घोषणा गरेको हो।
पाँचौं टेस्ट जुलाई १ बाट सुरु हुनेछ ।
