काठमाडौं । बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिम वेस्ट इन्डिजको भ्रमणमा नजाने भएका छन् ।
हज यात्राको लागि साउदी अरेबिया जाने भएको कारण रहिम वेस्ट इन्डिजको भ्रमणमा नजाने भएका हुन् ।
मुस्लिम धर्मावलम्बीहरु हज यात्रामा साउदी अरबको जेद्दा हुँदै मक्का जानेछन् । हज यात्रा जुलाईमा हुनेछ ।
बंगलादेश क्रिकेटले उनी वेस्ट इन्डिज भ्रमणमा नजाने पुष्टि गरेको छ ।
बंगलादेशले वेस्ट इन्डिजसँग टी-ट्वान्टी, एकदिवसीय र टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।