काठमाडौं । युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा नेपाल ब्याटिङमा उत्रिएको छ ।
शनिबार त्रिवी मैदानमा टस जितेर युगान्डाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा आएको हो ।
अन्तिम खेल नेपालका लागि प्रतिष्ठामा सिमित छ । युगान्डाले दुई खेल अगावै सिरिज जितिसकेको छ ।
दुबै टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेका छन् । पाँच खेलको सिरिजमा युगान्डा ३-१ ले अघि रहेको छ ।
नेपाल आज युगान्डालाई हराएर सिरिज ३-२ को स्थितिमा सकाउन चाहन्छ । युगान्डाले सुरुआती तीन खेलमा लगातार नेपाललाई हराएको थियो ।
नेपालले चौंथो खेलमा भने युगान्डालाई १५ रनले हराएको थियो । र, सिरिजमा पहिलो जित निकालेको थियो ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले पहिलो खेलमा १२ रनको, दोस्रो खेलमा १ विकेटको र तेस्रो खेलमा ६ विकेटको हार व्यहोरेको थियो ।
युगान्डा भने नेपाललाई अन्तिम खेलमा हराएर जितसहित सिरिजको ट्रफी उचाल्न चाहन्छ ।