काठमाडौं । बंगलादेशका स्पिनर नायिम हसनले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
चोटका कारण हसनले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
उनको दाहिने हातको औलामा चोट लागेको बताईएको छ ।
पहिलो टेस्ट दौरान उनले चोट बोकेका थिए ।
पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
उनले पहिलो टेस्टमा ६ विकेट लिएका थिए ।
दोस्रो टेस्ट सोमबार ढाकामा सुरु हुनेछ ।