काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
मुम्बई आज आफ्नो अन्तिम लिग खेलमा जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ ।
मुम्बई यस सिजन १३ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।
दिल्ली भने मुम्बईलाई हराएर प्ले अफमा स्थान बनाउन चाहन्छ । दिल्ली १३ खेलमा १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
मुम्बईलाई हराएको खण्डमा दिल्ली चौंथो स्थानमा उक्लदै प्ले अफमा पुग्नेछ ।
त्यसैले यस खेल दिल्लीका लागि निकै महत्वपूर्ण रहेको छ ।
दिल्ली पराजित भएको खण्डमा बैंगलोर प्ले अफमा पुग्नेछ । यस अघिको भेटमा दिल्लीले मुम्बईलाई हराएको थियो ।
दिल्ली ४ विकेटले विजयी भएको थियो ।