काठमाडौं । दोस्रो संस्करणको 'काठमाडौं रेस्टुरेन्ट क्वीस भलिबल प्रतियोगिता' मा मंसिर तेस्रो साता युएईमा हुने भएको छ ।
कास्की आर्दश सेवा समाजले आयोजना गर्ने प्रतियोगिता मंसिर २१ गते हुनेछ । प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने छन् । सहभागी १८ मध्ये २ टिम आयोजकको रहने बताईएको छ ।
प्रतियोगितामा गत वर्ष पनि १८ टिमले प्रतिस्पर्धा गरेका थिए । गतबर्ष ट्रान्स फाष्ट भलिबल क्लब अबुधाबीले उपाधी जितेको थियो ।
प्रतियोगिताको विजेताले ३ हजार रियल र उपविजेताले २ हजार रियलका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
कामको सिलसिलामा यूएईमा छरिएर रहेका नेपालीहरुलाई खेलतर्फ आकर्षित गर्न र भलिबलबाट मनोरञ्जन प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको कास्की आर्दश सेवा समाजले जनाएको छ ।
गत वर्ष सफल तरिकाले योजना भएको र समाजले यस पटक पुरस्कार राशीमा वृद्धि गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुरेन जिशीले बताए ।
'यस ठाँउ भनेको कामका लागि नै आउने हो । यहाँ त्यस्तो मनोरंजन खेलकुद भन्ने कुरा नहुने होइन तर नगद पुरस्कार राखेर प्रतियोगिता गर्न असम्भब प्रायः नै हुन्छ,'जीशीलेभने, 'यस प्रतियोगिताका लागि प्रतियोगिता मात्रै होइन । नेपाली युवाहरुलाई खेल प्रतिको भवना जगाई राख्नका लागि पनि महत्वपूर्ण कार्यक्रम हो ।'
यस्तै संयोजक जीशीले प्रतियोगिताका लागि टिमहरुले नाम दर्ता गराउन सूरु गरिसकेको बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौँ रेष्टुरेन्ट आबुधाबी रहेको छ भने नेपाली चुल्होले पनि प्रतियोगितालाई साथ दिएको छ ।
प्रतियोगितालाई पोखरा स्पोर्ट्स डट कम, खेलपाटी डटकम, परिचय नेटवर्क, पोखरेली न्यूज र भ्वाइस अफ पोखराले मिडिया सहयोगीको भूमिका खेलेका छन ।