काठमाडौं । पाहुना टोली युगान्डाविरुद्धको चौंथो महिला टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालकी हिरन्मायी रोय प्लेयर अफ द म्याच चुनिएकी हुन्।
टियु क्रिकेट मैदानमा नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी रोय प्लेयर अफ द म्याच बनेकी हुन् ।
शुक्रबार युगान्डालाई १५ रनले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको छ ।
युगान्डाविरुद्ध उनले २ विकेट लिएकी थिइन् ।
ब्याटिङमा उनी सुन्य रनमा आउट भईन् ।
रोय टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमै प्लेयर अफ द म्याच चुनिएकी हुन् ।
रोयको सिनियर राष्ट्रिय टोलीमा समेत डेब्यु हो ।
रोय टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गर्ने नेपालकी २४ औं महिला खेलाडी हुन् ।