काठमाडौं । नेपालले चौंथो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा पाहुना टोली युगान्डालाई जितका लागि ९८ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनायो ।
मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो । तर, नेपालले पुरै ओभर खेल्न सकेन ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रन बनाईन् ।
यस्तै सिता राना मगर ११ रनमा आउट भईन भने डोली भट्टले ६ रन जोडिन् ।
अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री र इन्दु वर्मा समान १/१ रनमा आउट भईन् ।
अश्मिना कर्माचार्य ६ तथा डेब्यु खेलाडी हिरन्मयी रोय सुन्य रनमा आउट भईन् ।
कविता कुँवर ६ रन अविजित रहिन् ।
युगान्डाकी कोन्सी अवेकोले ३ विकेट हात पारिन् । सराह एकिटेङले २ विकेट लिईन् ।
नेपाल आज युगान्डालाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा रहेको छ । नेपाल सिरिज क्लिन स्विप हुनबाट जोगाउन चाहन्छ ।
पाँच खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ ।
बिहीबार नेपाललाई ६ विकेटले हराएर युगान्डाले सिरिज दुई खेल अगाबै जितेको हो ।
यता, युगान्डा भने नेपाललाई लगातार चौंथो खेलमा हराउने योजनामा रहेको छ ।
युगान्डा नेपालविरुद्ध क्लिन स्विप गर्ने योजनामा रहेको छ । त्यसैले युगान्डा चौंथो खेलमा पनि जित निकाल्न चाहन्छ ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।