काठमाडौं । पाहुना टोली युगान्डाविरुद्धको चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । युगान्डाले सुरुआतमा बलिङ गर्नेछ ।
वर्षाको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा झारिएको छ ।
नेपाल आज युगान्डालाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा रहेको छ । नेपाल सिरिज क्लिन स्विप हुनबाट जोगाउन चाहन्छ ।
पाँच खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ ।
बिहीबार नेपाललाई ६ विकेटले हराएर युगान्डाले सिरिज दुई खेल अगाबै जितेको हो ।
यता, युगान्डा भने नेपाललाई लगातार चौंथो खेलमा हराउने योजनामा रहेको छ ।
युगान्डा नेपालविरुद्ध क्लिन स्विप गर्ने योजनामा रहेको छ । त्यसैले युगान्डा चौंथो खेलमा पनि जित निकाल्न चाहन्छ ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।