काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ ।
मुम्बईमा बिहीबार राति बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो ।
गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरको जितमा विराट कोहलीले ७३ रनको अर्धशतकीय इनिङ खेले ।
कप्तान फाप डु प्लेसिसले ४४ रन जोडे । ग्लेन म्याक्स्वेल ४० रन अविजित रहे ।
गुजरातका राशिद खानले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।
गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ खेले ।
डेभिड मिलरले ३४ रन जोड्दा रिद्दीमान शाहले ३१ रन बनाए । राशिद खान १९ रन अविजित रहे ।
बैंगलोरका जोश हाजलउडले २ विकेट लिए ।

यस जितसँगै बैंगलोरले प्ले अफ पुग्ने सम्भावना जीवित राखेको छ ।
बैंगलोर १४ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।
गुजरात प्ले अफ पुगिसकेको छ ।
शीर्ष स्थानको गुजरातले १४ खेलमा २० अंक जोडेको छ ।
