काठमाडौं । पाहुना टोली युगान्डाले नेपालविरुद्धको महिला टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार तेस्रो टी-ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेल अगाबै सिरिज जितेको हो ।
यस जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३-० को अग्रता बनाएको छ ।
नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
युगान्डाको जितमा केभिन विनोले अविजित रहदै ४२ रन जोडिन् । यस्तै जेनेट बाबाजीले २७ रन जोडिन् ।

नेपालकी कविता कुँवरले २ विकेट लिईन् । रुबिना क्षेत्री र इन्दु वर्माले १/१ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् ।

यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोडिन् । सिता राना मगर १२ रनमा आउट भईन् ।
बिन्दु रावल ४, रोमा थापा र डोली भट्टले समान ३/३ रन जोडिन । इन्दु वर्मा १ रनमा आउट हुँदा सरिता मगर र कविता कुँवर सुन्य रनमा आउट भईन् । सबनम राई १ रनमा अविजित रहिन् ।

युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले २/२ विकेट लिए ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रबार चौंथो र शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।