काठमाडौं । नेपालले तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा पाहुना टोली युगान्डालाई जितका लागि १ सय रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् ।
यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोडिन् । सिता राना मगर १२ रनमा आउट भईन् ।
बिन्दु रावल ४, रोमा थापा र डोली भट्टले समान ३/३ रन जोडिन । इन्दु वर्मा १ रनमा आउट हुँदा सरिता मगर र कविता कुँवर सुन्य रनमा आउट भईन् । सबनम राई १ रनमा अविजित रहिन् ।
युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले २/२ विकेट लिए ।
नेपाल आज युगान्डालाई हराउँदै सिरिज जोगाउने लक्ष्यमा रहने छ ।
पाँच खेलको सिरिजमा युगान्डा २-० ले अघि रहेको छ ।
पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।
यस्तै दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।
त्यसैले सिरिज जोगाउन नेपाललाई आज युगान्डाविरुद्ध जितको बिकल्प छैन ।
यता, युगान्डा भने नेपाललाई हराएर दुई खेल अगाबै सिरिज जित्न चाहन्छ ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रबार चौंथो र शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।