काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जिम्बावेका अलराउण्डर सिकन्दर राजालाई जरिवाना गरेको छ।
नामिबियाविरुद्धको पहिलो टी-ट्वान्टीमा आईसीसीको आचारसंहिता उलंघन गरेको भन्दै राजालाई जरिवाना गरिएको हो ।
आईसीसीले राजालाई म्याच फिको आधा रकम जरिवाना गरेको हो । यस्तै उनको दुई डिमेरिट अंक घटेको छ ।
खेलमा ३७ रन जोड्दा एल्बीडब्लु आउट भएपछि अम्पायरको निर्णयमा राजाले असहमति जनाएका थिए ।
पहिलो टी-ट्वान्टीमा नामिबियाले जिम्बावेलाई ७ रनले हराएको थियो ।