काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
बैंगलोर आज जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।
बैंगलोर १३ खेलमा १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
गुजरात प्ले अफ पुग्ने पहिलो टोली हो । आज बैंगलोरलाई हराएर गुजरात शीर्ष स्थान कायम राख्न चाहन्छ ।
गुजरात १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
यस अघिको भेटमा गुजरातले बैंगलोरलाई हराएको थियो ।
मुम्बईमै भएको खेलमा गुजरातले बैंगलोरलाई ६ विकेटले हराएको थियो ।