काठमाडौं । इंग्ल्यान्डले न्युजिल्याण्डविरुद्धको सुरुआती दुई टेस्टका लागि टिमको घोषणा गरेको छ ।
इंग्ल्यान्डले बेन स्टोक्सको कप्तानीमा १३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
इंग्ल्यान्डले घोषणा गरेको टोलीमा जेम्स एण्डरसन र स्टुआर्ट ब्रोडले पुनरागमन गरेका छन् ।
ह्यारी ब्रुक र म्याटी पोट्सले पहिलो पटक इंग्ल्यान्डको टिममा स्थान बनाएका छन् ।
इंग्ल्यान्डले घरेलु मैदानमा न्युजिल्याण्डसँग तीन खेलको सिरिज खेल्नेछ ।
पहिलो टेस्ट जुन २ मा लर्ड्समा सुरु हुनेछ ।
