काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
घरेलु मैदान टियु क्रिकेट मैदानमा नेपालले युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
नेपाल आज युगान्डालाई हराउँदै सिरिज जोगाउने लक्ष्यमा रहने छ ।
पाँच खेलको सिरिजमा युगान्डा २-० ले अघि रहेको छ ।
पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।
यस्तै दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।
त्यसैले सिरिज जोगाउन नेपाललाई आज युगान्डाविरुद्ध जितको बिकल्प छैन ।
यता, युगान्डा भने नेपाललाई हराएर दुई खेल अगाबै सिरिज जित्न चाहन्छ ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रबार चौंथो र शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।