काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिजका लागि नेपालले टोलीको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल अटाएका छैनन् ।
सुनिल धमला, किशोर महतो र आदिल अन्सारी पहिलो पटक एकदिवसीय टोलीमा परेका छन् ।
नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिज आगामी जुनमा हुनेछ ।
सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।
नेपाली टिम -
सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख,विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, बिक्रम सोब, किशोर महतो, सागर ढकाल