काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगका लागि सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको छ ।
क्यानले प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदारको रुपमा भारतीय कम्पनि सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको हो ।
सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरिएको क्यानले जनाएको छ ।
सम्झौता अनुसार सेभेन थ्री स्पोर्ट्सले क्यानलाई वार्षिक ३ करोड ३३ लाख नगद उपलब्ध गराउनेछ।
क्यानले बुधबार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको छ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।