काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितालाई मान्यता नदिएको जनाएको छ ।
क्यानले बुधबार संघको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको घोषणा कार्यक्रममा ईपीएललाई मान्यता नदिएको जनाएको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले ईपीएलले क्यानसँग कुनैपनि अनुमति नलिएको बताए ।
'हालसम्म क्यानसँग कुनै अनुमति लिएको छैन, क्यानले आफ्नै लिग गर्दैछ भने त्यहिँ प्रकृतिको प्रतियोगितालाई आईसीसीले मान्यता दिदैन । अन्य लिगको बारेमा क्यानले मोडालिटी तयार गर्नेछ,' मल्लले भने ।
यता, ईपीएलले भने पाँचौं संस्करणको मिति घोषणा गरिसकेको छ ।
आयोजक ईपीएल क्रिकेटले पाँचौं संस्करणको प्रतियोगिता आगामी कात्तिक २६ देखि मंसिर १० गतेसम्म हुने जनाएको छ ।
ईपीएलले यस मितिलाई क्यानले स्वीकृति दिएको बताएको थियो ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी-ट्वान्टी लिग जस्तै अर्को प्रतियोगितालाई क्यानले मान्यता नदिने स्पष्ट पारे ।