काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको घोषणा गरेको छ ।
क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा गरे ।
नेपालको आधिकारिक टी-ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।
क्यानले यस अघि नै नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने बताईसकेको थियो । तर, औपचारिक घोषणा गरेको थिएन् ।
प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिईसकेको छ ।
प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ ।
नेपाल टी-ट्वान्टी लिगको घोषणापछि बोल्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले प्रतियोगिताले पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास रहेको बताए ।
क्यानको प्रेस विज्ञप्ति -

