काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
कोलकत्ता आज जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।
कोलकत्ता १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
लखनउ पनि कोलकत्तालाई हराएर प्ले अफ नजिक पुग्न चाहन्छ ।
लखनउ १३ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
कोलकत्तालाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा समेत रहेको छ ।
यस अघिको भेटमा लखनउले कोलकत्तालाई हराएको थियो ।
पुनेमा भएको खेलमा लखनउले कोलकत्तालाई ७५ रनले हराएको थियो ।