काठमाडौं । दक्षिण अफ्रीकाका ब्याट्सम्यान जुबेर हाम्जालाई ९ महिनाको प्रतिबन्ध लागेको छ ।
आईसीसीले डोपिङ परिक्षणमा असफल भएपछि हाम्जालाई ९ महिनाको प्रतिबन्ध गरेको हो ।
हाम्जाले आईसीसी समक्ष आफुले भूलबस उक्त औषधि प्रयोग गरेको बयान दिएका छन् । आफ्नो औषधि ठानेर बुबाको हृदयघातको औषधि खाएको उनले बताएका छन् ।
२६ वर्षीय हाम्जाको बयान आईसीसीले स्वीकार गर्दै छोटो समयको प्रतिबन्ध गरेको छ ।
हाम्जाले अब आगामी समरमा इंग्ल्यान्ड भ्रमण गुमाउने छन् ।
उनले पछिल्लो पटक फेब्रुअरीमा न्युजिल्याण्डविरुद्धको टेस्ट खेलेका थिए ।
दक्षिण अफ्रीकाका लागि उनले ६ टेस्ट खेलेका छन् ।