काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादले जित निकालेको छ ।
मुम्बईमा मंगलबार राति भएको खेलमा हैदरावादले मुम्बई इण्डियन्सलाई ३ रनले हराएको छ ।
हैदरावादले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९० रन बनाउन सक्यो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाए । टिम डाभिड ४६ रनमा आउट भए ।

यस्तै इशान किशनले ४३ रन जोड्दा डानिल साम्सले १५ रन जोडे । रमनदीप सिंह १४ रनमा अविजित रहे ।
हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । वासिङ्गटन सुन्दर र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
हैदरावादका लागि राहुल त्रिपाठीले ७६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै प्रियम गार्गले ४२ रन जोड्दा निकोलस पुरनले ३८ रन जोडे ।

मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । जस्प्रित बुम्राह, डानिल साम्स र रिले मेरीदिथले १/१ विकेट लिए ।
हैदरावादको यो छैटौं जित हो । जितसँगै हैदरावादले १३ खेलमा १२ अंक जोडेको छ ।
हैदरावाद आठौं स्थानमा रहेको छ ।
मुम्बईको यो दशौँ हार हो ।
मुम्बई १३ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।
