ईसीबीका प्रमुख कार्यकारी टमद्वारा राजीनामा
मंगलबार, जेठ ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) का प्रमुख कार्यकारी टम ह्यारिसनले राजीनामा दिएका छन् ।
टमले जुनबाट पदमा नरहने गरि राजीनामा दिएको बीबीसीले जनाएको छ ।
उनी २०१४ मा ईसीबीको प्रमुख कार्यकारी नियुक्त भएका थिए ।
टमले छाडेपछि ईसीबीले इंग्ल्यान्डका पूर्व कप्तान क्लेयर कोनरलाई अन्तरिम प्रमुख कार्यकारी नियुक्त गरेको छ ।
अष्ट्रेलियाविरुद्धको एसेज सिरिज गुमाएपछि इंग्ल्यान्डको पुरुष क्रिकेटमा धेरै उथलपुथल भईसकेको छ ।
ब्रेन्डन म्याकुलमले टेस्ट टिमको प्रशिक्षक नियुक्त भएका छन् ।
यस्तै बेन स्टोक्सले कप्तानको जिम्मेवारी पाएका छन् ।
ईसीबीका प्रमुख कार्यकारी टमद्वारा राजीनामा














-1763024272658.jpeg&w=3840&q=75)