काठमाडौं । दक्षिण अफ्रीकाले भारतविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
दक्षिण अफ्रीकाले मंगलबार भारत भ्रमणको लागि टोलीको घोषणा गरेको हो ।
टेम्बा बाभुमाको कप्तानीमा दक्षिण अफ्रीकाले १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
दक्षिण अफ्रीकाको टोलीका एन्रिच नोर्कियाले पुनरागमन गरेका छन् ।
ट्रिस्टान स्टुब्स र वायन पर्निलले पहिलो पटक टी-ट्वान्टी टोलीमा स्थान बनाएका छन् ।
दक्षिण अफ्रीकाले भारतसँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिज जुन ९ देखि १९ सम्म हुनेछ ।
