काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भोलि बुधबार फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको आधिकारिक घोषणा गर्ने भएको छ ।
क्यानले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै टी-ट्वान्टी लिगको घोषणा गर्ने भएको हो ।
क्यानले यस अघि नै नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने बताईसकेको छ । तर, औपचारिक घोषणा गरेको छैन ।
क्यानले प्रतियोगिताको मिति भने घोषणा गरेको छैन ।
क्यानले आयोजना गर्ने लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिईसकेको छ ।
क्यानले प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरिसकेको छ ।
कैलालीको धनगढीमा भएको क्यानको साधारणसभाले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्टससँग गरिएको आठ वर्षको सम्झौता अनुमोदन गरेको थियो ।
लिगका लागि क्यान र सेभेन थ्री स्पोर्टसबीच वार्षिक ३ करोड ९० लाखको सम्झौता भएको बताईएको थियो ।