काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा मुम्बई इण्डियन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
पुछारको मुम्बई आज चौंथो जित निकाल्ने योजनामा रहेको छ ।
मुम्बईले १२ खेलमा ६ अंक जोडेको छ ।
हैदरावाद छैटौं जित निकाल्न चाहन्छ ।
यस्तै हैदरावाद मुम्बईलाई हराएर प्ले अफको सम्भावना जीवित राख्न चाहन्छ ।
हैदरावाद १२ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।