काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।
मुम्बईमा सोमबार राति भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई १७ रनले हराएको हो ।
दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए । राहुल चाहरले अविजित २५ रन जोडे ।
जोनी बेयर्सटोले २८ रन जोड्दा शिखर धवन १९ रनमा आउट भए ।

दिल्लीका शार्दुल ठाकुरले ४ तथा अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो ।
दिल्लीका लागि मिचेल मार्शले ६३ रनको अर्धशतकीय इनिङ खेले । सर्फराज खानले ३२ रन जोड्दा ललित यादवले २४ रन बनाए । अक्षर पटेल १७ रनमा अविजित रहे ।
पन्जाबका लियाम लिभिङस्टोन र अश्रदिप सिंहले ३/३ विकेट लिए ।

जितसँगै दिल्ली चौंथो स्थानमा उक्लिएको छ ।
दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ ।
पन्जाब १३ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।