काठमाडौं । पहिलो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल पाहुना टोली युगान्डासँग पराजित भएको छ ।
टियु क्रिकेट मैदानमा सोमबार नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।
युगान्डाविरुद्धको यस खेल महिला टोलीका लागि ऐतिहासिक खेल हो।
अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदान टियुमा खेलको हो । नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट पाइलामा चालेको थियो।
यस्तै महिला टोलीले घरेलु भूमिमा खेलेको यो दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता हो ।
युगान्डाले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो।
नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन ।

डोली भट्ट १३ तथा बिन्दु रावल १२ रनमा आउट भईन् । कप्तान रुबिना क्षेत्री ९ रनमा आउट हुँदा ज्योति पाण्डेले ६ रन जोडिन ।
रोमा थापा ५, कविता जोशी ४ तथा अप्सरी बेगम १ रनमा आउट भईन् ।
कविता कुँवर ११ रनमा अविजित रहदा अश्मिना कर्माचार्य सुन्य रनमा आउट भईन् ।
युगान्डाकी कोन्सी अवेको र सारा एकीटेङले २/२ विकेट लिए । रिता मुसामाली र जनेट एमबाबाजीले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनाएको थियो ।
युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन । केभिन अविनोले १५ रन जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाईन् । रिता एनयागेन्गोले १८ रन बनाईन् ।
रिता मुसामालीले अविजित १३ जोड्दा लियोना बाबिरे सुन्य रनमा आउट भईन् ।
नेपालकी कविता कुँवरले २ विकेट लिईन् । यस्तै कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक एक विकेट झारिन्।
यस जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
अब नेपालले भोलि मंगलबार युगान्डासँग दोस्रो खेल खेल्नेछ ।
यस्तै नेपाल र युगान्डाबीचको तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ।
चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।