काठमाडौं । पाहुना टोली युगान्डाविरुद्ध १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब ब्याटिङ गरेको छ ।
टियु क्रिकेट मैदानमा नेपालले ७ ओभरको खेल सकिदा २ विकेट ३२ रन जोडेको छ ।
नेपालका बिन्दु रावल १२ रनमा रन आउट भईन् । यस्तै ज्योति पाण्डे ६ रनमा रन आउट भईन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनाएको थियो ।