काठमाडौं । पाहुना टोली युगान्डाले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली नेपाललाई जितका लागि १ सय ३ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनायो ।
युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन । केभिन अविनोले १५ रन जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाईन् । रिता एनयागेन्गोले १८ रन बनाईन् ।
रिता मुसामालीले अविजित १३ जोड्दा लियोना बाबिरे सुन्य रनमा आउट भईन् ।
नेपालका कविता कुँवरले २ विकेट लिईन् । यस्तै कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक एक विकेट झारिन्।
नेपाल आज युगान्डालाई हराएर सिरिजमा सुखद सुरुआतको योजनामा रहेको छ । युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ ।
पाँच खेलको सिरिज अन्तर्गत नेपाल र युगान्डाबीचको दोस्रो टी-ट्वान्टी मंगलबार र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ।