काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज सोमबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
आज पन्जाब जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ ।
पन्जाब १२ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
दिल्लीलाई हराएमा पन्जाब शीर्ष पाँचमा उक्लनेछ ।
यता, दिल्ली पनि पन्जाबलाई हराएर प्ले अफको सम्भावना जीवित राख्न चाहन्छ ।
दिल्ली १२ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस अघिको भेटमा दिल्लीले पन्जाबलाई हराएको थियो ।
मुम्बईमै भएको खेलमा दिल्ली ९ विकेटले विजयी भएको थियो ।