काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान सिता राना मगर आबद्द टोर्नाडोस वुमेनले फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
दुबईमा आइतबार राति भएको फाइनलमा फाल्कोन्स वुमनलाई ८ विकेटले हराउँदै टोर्नाडोस च्याम्पियन बनेको हो ।
फाल्कोन्सले दिएको १ सय ५२ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
टोर्नाडोसका लागि सोफी डिभाइनले ५१ रनको अर्धशतकीय इनिङ खेलिन् ।
त्यस्तै स्टेर कालिसले ४४ रन जोडिन् ।
कप्तान स्टेफेन टेलरले अविजित रहदै ३४ रन बनाईन् । सुन लुस १८ रनमा अविजित रहिन् ।
फाल्कोन्सका मारिजन काप्प र सोर्नारिनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो ।
फाल्कोन्सका लागि मारिजन काप्पले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ खेलिन् ।
यस्तै मारिको हिलले अविजित ३० रन जोडिन् । थिर्था सतिश १९ रनमा आउट भईन् ।
टोर्नाडोसका चानिदा सुत्थिरुङले २ विकेट लिए ।