काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।
मुम्बईमा आइतबार राति भएको खेलमा राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई २४ रनले हराएको हो ।
राजस्थानले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

लखनउका दिपक होडाले ५९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै कुर्नाल पान्डयले २५ तथा मार्कुस स्टोनिसले २७ रन बनाए ।
कप्तान केएल राहुल १० रनमा आउट भए ।

राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन जोडेको थियो ।
राजस्थानका लागि याशभी जैसवालले सर्वाधिक ४१ रन बनाए ।
यस्तै देबदुत पडिकलले ३९ रन जोड्दा कप्तान सन्जु सामसनले ३२ रन बनाए । रियन पराग १९ रनमा आउट भए ।
लखनउका रबि बिश्नोईले २ विकेट लिए ।

यस जितसँगै राजस्थान दोस्रो स्थानमा उक्लिएको छ ।
राजस्थानले १३ खेलमा १६ अंक जोडेको छ ।
लखनउ १३ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।